माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको प्रधानमन्त्री ओलीको आरोप 

13.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं। देशभर माधव नेपालले नयाँ पार्टी खोलेर हिँडेको प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप रहेकोे छ । 

आज एमाले पार्टी कार्यालयको शिलान्यासका लागि बल्खु पुगेका ओलीले पार्टीलाई क्षति नहोस् भनेर अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरेर सम्झाइ-बुझाई प्रयास र सच्याउने प्रयासमा आफूहरू रहेको बताउनुभयो ।

अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ, सच्याउनेमा छ। अहिले पनि भरसक पार्टीमा क्षति नहोस् भन्ने छ। ‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरूले यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाई बुझाइ गर्ने प्रयास गरिरहेका छौं,’ ओलीले भने । 


उनले पार्टीमा अनुशासनहीनता र अराजकतासँग कुनै पनि हालतमा सम्झौता हुन नसक्ने बताए। साथै  अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गर्नुभयो । पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने उनको भनाई छ। 

ताजा अपडेट
सम्बन्धित समाचार