विराटनगरः मैथिल ब्राह्मण सभा यूवा समितिले रथयात्राको अवसर पारेर विराटनगरस्थित निलसदन रोडमा भक्तजनहरुई सर्बत तथा मास्क वितरण गरेको छ ।
समितिले विराटनगर स्थित निल सदन रोडमा विराटनगरको रथयात्रा हेर्न आएका करिब २ हजार बढी भक्तजनहरुलाई सर्बत् तथा मास्क वितरण गरेको संस्थाका अध्यक्ष मनोज मिश्रले बताए । एसियाकै दोस्रो ठुलो रथयात्राको रुपमा स्थापित विराटनगरको रथयात्रा हेर्न नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट लाखौंको सख्यामा भक्तजनहरु आउने गरेका छन् ।
विराटनगरमा अत्याधिक गर्मी भएका कारण विभिन्न ठाउँबाट आएका भक्तजनहरुलाई सहज हुने उद्देश्यले सर्बत तथा मास्क वितरण गरेको अध्यक्ष मिश्रले बताए ।
सो अवसरमा सहभागि समितिका पदाधिकारीहरुले वितरण कार्यक्रमलाई सहज बनाएका थिए । कार्यक्रममा मैथिल ब्राह्मण सभा यूवा समितिका सम्पुर्ण पदाधिकारीले उपस्थिती जनाएका थिए ।