काठमाडौँ । राजधानीमा बुधबार र बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भएको छलफल बिना निष्कर्ष टुंगिएपछि दुवै समूह आ–आफ्नै रणनीतिअनुसार अघि बढ्ने भएका छन् ।
करिब दुई घण्टा भएको छलफलमा कुनै प्रगति नभएपछि उनीहरु आ-आफ्नै बाटो हिँड्न थालेका हुन् । ओलीले नेकपा एकीकरणदेखि प्रतिनिधिसभा विघटनयता कुनै पनि बेला आफूले सहयोग नपाएको गुनासो गरेका थिए।
नेपालले पनि ओलीकै रवैयाका कारण पार्टी विभाजनको बिन्दुमा पुगेको बताएका थिए। नेपालले अहिले पार्टी एकताबद्ध राख्ने जिम्मेवारी अध्यक्षको हैसियतमा ओलीले लिनुपर्ने भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन माग गरेका थिए।