काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कदमप्रति समर्थन जनाएका छन्।
आज (बिहीबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौँलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर शाहको प्रयास प्रशंसनीय भएको बताएका हुन्।
उनले तत्काल केही असुविधा भए पनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने भन्दै यस कार्यमा सबैले सहयोग गर्न आह्वान पनि गरेका छन् । अध्यक्ष थापाले मेयर साहले राम्रो काम गरेकोले उक्त कामलाई निरन्तरता दिन शुभकामनासमेत दिएका छन्।
