बालेनको निर्देशन अल्फाबिटा कम्प्लेक्सका सञ्चालकले नमानेपछि ................

28.6k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अल्फबिटा कम्प्लेक्सका सञ्चालकमाथि खनिएका छन् । अनधिकृत संरचना हटाउन बिहीबार अनुगमनका क्रममा नयाँ बानेश्वर पुगेका उनी कम्प्लेक्सका सञ्चालकमाथि खनिएका हुन् ।

अन्डरग्राउन्डको नक्सापास खोज्दा कम्प्लेक्सका सञ्चालक द्धिराज शर्माले अटेर गरेपछि बालेन आक्रोशित भएका हुन् । अल्फाबिटाको अन्डरग्राउन्डमा व्यापार गरिएको भन्दै बालेनले घरधनीलाई सो स्थान खाली गराउन निर्देशन दिएका थिए । तर, सञ्चालकले निर्देशन नमानेपछि बालेन रिसाए ।

घरधनीले अन्डरग्राउन्ड खाली गराउनेसम्बन्धी महानगरको कुनै पनि सूचना थाहा नपाएको बताएका थिए । महानगरको ३५ दिने सूचना थाहा नपाएको बताएपछि मेयर बालेन उनीमाथि खनिएका हुन् ।

आजै शंखमूलस्थित अन्डरग्राउन्डमा सञ्चालित बर्गर हाउस हटाउन निर्देशन दिइएको छ । महानगरले यही भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अन्डरग्राउन्ड खाली गराउन सुरु गरेको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार