काठमाडौं । नेकपा एमाले विभाजनको डिलमा पुग्ने संभावनाले एकतालाई जोगाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै अडानमा रहेका कारण कसरतमा संकटको गाँठो झनै कसिएको छ ।
नेपालका अनुसार फागुन २८ गतेका निर्णय मानेर जानुपर्ने भनेपछि अन्य विषयमा प्रवेश गर्ने कुरै भएन,’ वार्तापछि नेपालले आफूनिकट नेतालाई जानकारी दिँदै भने, ‘ओलीले अझ बिहीबार जुन अभिव्यक्ति दिए, त्यो निकै आपत्तिजनक थियो।
ओलीले नेपालसँग धेरै गुनासो गर्नुका साथै फागुन २८ को निर्णय सच्याउँदा वर्तमान सरकारको अवस्था के हुन्छ भन्ने जिज्ञासासमेत राखेका थिए। बुधबारको भेटघाटलाई बिहीबार समेत निरन्तरता दिए पनि वार्तामा कुनै प्रगति हुन सकेन ।
बुधबार दुई नेताबीच भएको भेटवार्ताबाट उत्साहित कार्यकर्ता बिहीबार निराश भएका छन्।