दिपक र दिनेश बीच जुहारी , दिनेशले थर्काएपछि सच्याए दिपकराजले कमेन्ट

44.8k Shares

काठमाडौंः नेपाली फिल्म उद्योग भित्रको तिक्तता बेलाबेला सामाजिक सञ्जालमा पोखिन्छ। यो उद्योगमा एउटालाई पर्दा अर्कोले बोल्ने बानी पनि खासै छैन। एउटाको फिल्म प्रदर्शनमा अर्कोको साथ पाउनु मुस्किलजस्तै देखिन्छ। 

शुक्रबारदेखि रिलिज भएको फिल्म ‘प्रकाश’ले राम्रो शो पाएन। यो फिल्मको सट्टा हिन्दी फिल्म ‘लाइगर’ले राम्रो शो पायो । तर उद्योगका सरोकारवाला खुलेर बोलेनन् । भर्खरै नेपाली काँग्रेश प्रवेश गरेर बोर्डका अध्यक्ष भएका माधव नेपाल निकट कलाकर भुवन केसीले अघोषीत रुपमा आफ्नो छोरा अनमोल केसीसँगको स्टारडमको लाडाईमा रहेको प्रकाश चलचित्रका नायक प्रदिपलाई असहयोग गर्ने निति मात्र लिएनन् शुक्रवार चलचित्र रिलिज हुने परम्परा समेत तोडेर हिन्दी चलचित्रलाई शो बढि दिन समेत लगाए । 

यसको प्रभावमा पहिले आफ्नो फिल्म खेल्न अस्वीकार गरेका दुई निर्माताहरु प्रकाशको धज्जी सामाजिक सञ्जालमार्फत उडाउन लागे । छोरी सुहानासँग ए मेरो हजुर चलचित्र खेल्न अस्वीकार गरेका प्रदिपप्रति व्यङ्य गर्दै चितुवाले चलचित्र खाएको दावि गरिन् झरना थापाले भने सोहि रुपलाई स्कृप्ट नहेरी फिल्म खेल्दीन भन्दै आफ्नो पनि फिल्म खेल्न अस्वीकार गरेको रीस पोख्न लागे दिपकराज गिरीले । 

आफ्नो फिल्मका विषयमा प्रदीपले आक्रोश पोखिरहँदा कलाकार दीपकराज गिरीले स्टाटस लेखे, ‘अरूलाई पर्दा पनि बोल्ने गर, आफूलाई पर्दा त बाख्रा पनि कराउँछन्।’ उनले यो स्टाटसमा सकारात्मकभन्दा नकारात्मक कमेन्ट धेरै पाएका छन्। झरना 

यस्तै पोष्टका विचमा मैदानमा उत्रिए दिनेश डिसी । दीपकराजका गुरु समेत रहेका दिनेश डीसीले प्रदीपको समर्थनमा स्टाटस लेखेका छन्। शनिबार सुधारिएको ‘प्रकाश’ फिल्मको व्यापारबारे डीसीले लेखेका छन्, ‘बाघ र बाख्राको आवाजबीचको फरक आज दर्शकले नै छुट्याइदिनुभएछ। प्रदीप तपाईंले खेल्न इन्कार गरेका दुई फिल्मका प्रोड्युसरको डाहयुक्त स्टाटस देखें। आफ्नो प्रतिभाको उपयोग गर्नेसँग काम गर्नैपर्छ तर प्रतिभा र नामको युज मात्र गर्न खोज्नेबाट परै बस्नु राम्रो। नगरपालिकाको वडा सदस्य हुनुभन्दा गाउँपालिकाको अध्यक्ष हुनु राम्रो। तिमी लिड गर्न नै जन्मिएका हौ।’

नायक प्रदिप खड्कालाई  हौशला दिने गरि स्टाटस राखि फेसबुकमा प्रकाश चलचित्र हाउसफुल भएको समाचार सेयर गरे । जसको लगत्तै कलाकार दिपकराज गीरीले दिनेश डिसीलाई “बडो राम्रो लेखाई हरेक फिल्मलाई यस्तै सपोर्ट गर्ने बानी बसोस्”    भन्ने उपदेशयुक्त कमेन्ट गरे । तत्पश्चात दिनेश डिसीले “डन्ट टु डियर टु टिच मि” अर्थात तिमीले मलाई उपदेश दिनु पर्दैन भन्ने  कमेन्ट रिप्लाई गरे । ततपश्चात दिपकराज गिरीले कमेन्ट चेन्ज गरे र लेखे “बडो राम्रो लेखाई हरेक फिल्मलाई यस्तै सपोर्ट गर्ने बानी बसोस् हाम्रो”त्यसपछि पनि फ्यानहरुले पक्ष विपक्षमा तर्क वितर्कहरु गरिरहेका छन् ।

deepak.jfif

ताजा अपडेट
सम्बन्धित समाचार