लोसपाले गल्ती स्वीकार नगरेसम्म तालमेल नगर्ने उपेन्द्र यादवको भनाई

12.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु गल्ती स्वीकार नगरेसम्म चुनावमा तालमेल नहुने बताएका छन् । 

राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले लोसपाका नेताहरुले मधेशीको भविष्य बर्बाद गरेको आरोप लगाए । ‘भक्तपुरको एउटा रिसोर्टमा लुकेर किन पार्टी फोडे, के प्राप्त गर्नका लागि फोडे, फोडेपछि के फेला पर्यो रु’ यादवले भने, ‘केपी ओलीलाई मजबुत बनाउनका लागि र अलिकित प्रसादी चाट्नका लागि मात्रै पार्टी फोडिएको हो ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाउन लगाएको भन्दै अध्यक्ष यादवले केही दिन सरकारमा जान मात्र पार्टी फुटाएको आरोप लगाए ।

 ‘मधेशको भविष्य बर्बाद गर्ने मधेशीको हिमायती हुन सक्दैनन्’ उनले भने, ‘मधेशी– मधेशी माला जपेर हुँदैन । त्यो स्टेन्डमा रहनुपर्‍यो नि ?’ धेरै मान्छेले आफूलाई लोसपालाई पनि मिलाएर तालमेल गर्न भनिरहेको तर आफूले समीक्षा गर्नुपर्ने बताइरहेको उनले बताए । ‘किन पार्टी फोडे, के का लागि, कसको लागि फोडे र त्यसबाट के भेट्टाए त्यसको समीक्षा गरौं’ अध्यक्ष यादवले भने, ‘गल्ती कहाँ भएको छ त्यसलाई सुधारेर आए जसपा विशाल हृदय लिएर सँगसँगै लग्न तयार छ ।’ अध्यक्ष यादवले एमालेले नागरिकता विधेयक पास नहोस् र मधेशीले नागरिकता नपाउन् भन्ने चाहेको बताए । 

मधेशीलाई अधिकारविहीन बनाएर नागरिकता, रोजगारविहीन बनाउने र दबाएर राख्ने नीति अनुसार एमाले अघि बढिरहेको यादवले अरोप लगाए ।

ताजा अपडेट
सम्बन्धित समाचार