नागरिकता विधेयक पास नभए एमालेका नेता कार्यकर्तालाई लखेट्न महेन्द्र यादवको निर्देशन

16.3k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नागरिकता विधेयक पास नभए एमालेका नेता कार्यकर्तालाई लखेट्न निर्देशन दिएका छन् ।

जनकपुरधामको पिडारी चोकमा पार्टीद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका छन् । हजारौं नेपाली जनता नागरिकता नपाएर आफ्नै देशमा अनागरिक सरह बस्नुपरेको बताउँदै दुबै सदनबाट पारित भएको नागरिकता विधेयक एमालेको प्रभावमा परेर राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्दा नागरिकता विधेयक ओझेलमा परेको बताए । 

पुनः दोश्रो पटक पनि संघीय संसदबाट पास भइसकेको नागरिकता विधेयक उनले प्रमाणीकरण नगरे एमालेका नेता कार्यकर्तालाई लखेट्ने चेतावनी दिए । सह–महामन्त्री यादवले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनुमा नेकपा एमाले दोषी रहेको आरोप समेत लगाए । 

उनले उमेर पुगेपछि नागरिकता माग्नु अपराध हो र रु भनेर प्रश्न गर्दै नागरिकताको समस्या समाधान गर्नु सबै दल एकमत हुनुपर्नेमा जोड दिए । नागरिकता नपाएर हजारौं युवाको भविष्य अन्यौलमा परेको छ यो समस्या समाधान समयमै हुनुपर्नेमा उनले जोड दिए ।

ताजा अपडेट
सम्बन्धित समाचार