मेयर बालेनले दिए महानगरका ३२ वटै वडालाई कडा निर्देशन , के गलार्न वडाहरुले ?

15.1k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

काठमाडौः काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरका ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्‍न प्रस्ताव गरेका छन्।

आइतबार बसेको नगर कार्यपालिका बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन्। ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्नुपर्ने उनले प्रस्तावमा उल्लेख गरेका छन्।

वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टरभन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने मेयर बालेनको भनाइ छ।

उनले महानगर क्षेत्रमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै वडामा इन्जिनियर राख्ने प्रस्ताव गरेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार