ओलीले आफू पक्षीय नेताहरुलाई ल्यायो स्थायी कमिटीमा नेपाल पक्षलाई ठेगान लगाउने सोचमा

11.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटी बैठकबाट ओली पक्षले  नेपाल पक्षलाई 'ठेगान' लगाउन नेताहरुको कार्यविभाजनलाई पारित गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनलाई बल दिने गरी नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै आफू पक्षका नेताहरु तथा पूर्व माओवादीबाट एमालेमै रहेका नेताहरुलाई दोहोरो तथा तेहरो जिम्मेवारी दिइएको छ ।

 

सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रबीचको एकतालाई बदर गरिदिएसँगै २८ गते ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको बैठक आयोजना गरी ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी खारेज गर्दै महाधिवेशन आयोजक समिति बनाएका थिए ।  स्थायी कमिटी पनि आफू अनुकुल बनाउने गरी ओलीले आफू र महासचिवलाई जिम्मेवारी दिएका छन्।

उनले महाधिवेशन आयोजक कमिटीको जिम्मेवारी निर्धारण र कार्यविभाजन प्रस्ताव तयार गर्नका लागि विष्णु पौडेलको संयोजकत्वमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य रहेको कार्यदल पनि बनाएको जानकारी गराएका छन्। सोही कार्यदलको सिफारिसका आधारमा ९ ‍औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यलाई हटाइ १९ सदस्यीय स्थायी कमिटी गठन गरेका छन् । आफू पक्षीय नेताहरुलाई बढुवा गर्दै स्थायी कमिटीमा ल्याएका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार