बालेनले दिए सुरज आर्केडको बेसमेन्ट वरपरका अवैध संचरना हटाउन निर्देशन

13.8k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

काठमाडौंः काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउने तयारी गरेको छ । त्यसको लागि महानगरपालिकाको टोली अहिले सुरज आर्केड पुगिसकेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले सुरज आर्केडको बेसमेन्ट र त्यस वरपरका अवैध संचरना हटाउन निर्देशन दिएपछि महानगरको टोली त्यहाँ पुगेको हो।

सुरज आर्केडको बेसमेन्टमा पसलहरु राखिएका छन् । महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना दिएपनि सुरज आर्केडको व्यवस्थापनले आनाकानी गरेपछि महानगरले बेसमेन्ट खाली गर्न लागेको हो । सुरज आर्केडले बेसमेन्टमा पार्किङ गर्न नदिएपछि सडकमा पार्किङ गर्दा उक्त क्षेत्रको अवस्था अस्तव्यस्त हुने गरेको छ ।

महानगरले आइतबार भोटाहिटी(रत्नपार्कको अन्डरपासमाथि बनाइएका अवैध संरचना हटाएको थियो।

ताजा अपडेट
सम्बन्धित समाचार