माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई परामर्शका लागि बोलाएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका हुन् । अध्यक्ष प्रचण्डको सचिवालयलका एक सदस्यका अनुसार अध्यक्षसहितका शीर्ष नेताहरु अहिले शीतलनिवास पुग्न लागेको जानकारी दिए ।
राष्ट्रपति भण्डारीले केही समययता नागरिकता विधेयकबारे विभिन्न पार्टी र नागरिक अगुवाहरुसँग परामर्श गर्दै आएकी छन् । उनी आफूले फिर्ता पठाएको विधेयक हुबहु प्रतिनिधि सभाबाट पास गरिएकोमा असन्तुष्ट छन् ।