धनुषा क्षेत्र नं. २ मा काँग्रेसको क्षेत्रीय बैठकमा किन कुटाकुट भयो ? , यस्तो छ कारण

21.9k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः धनुषा क्षेत्र नम्बर २ का लागि उम्मेदवार चयन गर्न बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकमा कुटाकुट भएको छ ।

औरही गाउँपालिकामा बसेको बैठकमा उम्मेदवार चयनको विषयमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच कुटाकुट भएको हो । रामकृष्ण कांग्रेस नेता रामचन्द्र पौडेल र मुक्ता सभापति शेरबहादुर देउवा गुटमा छन् ।

रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेका कारण बैठकमा चर्काचर्की भएको थियो । सोही क्रममा कुटाकुट भएको बताइएको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार