सबैला गाउँमा नेकपामा पहिरोः नेकपाका करिब १३ सय र काङग्रेसका ७ सयले पार्टी परित्याग गरी जसपामा प्रवेश गरे

10.2k Shares
सम्बन्धित पार्टी

धनुषाः नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जनभावना विपरित काम गरेको भन्दै नेकपाका कार्यकर्ताले नै नेकपा छोडेर जसपामा प्रवेश गरेका छन्। 

नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायीय समिति सदस्य मातृका प्रसाद यादवको पैतृक गाउँ सबैलामा १३ सयभन्दा बढी नेता कार्यकर्ताले नेकपा परित्याग गरेका हुन ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ को विभिन्न गाउँबाट सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले नेकपा परित्याग गरी जसपामा प्रवेश गरेका हुन्। मातृका उक्त क्षेत्रबाट निर्वाचित संघीय सांसद हुन्।

मातृकाको चरम भ्रष्टाचार र जातीवादका कारण नेकपा परित्याग गर्नु परेको जसपामा प्रवेश गरेका सुरेश राईले बताए।

नेता राईका अनुसार मातृकाले नेकपाभित्रै गुट संचालन गरेको र नयाँ पार्टी बनाउने तयारी गरेकोले आफूहरु नेकपा परित्याग गरेको दाबी गरे।
जसपाले सबैलामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपाबाट १३ सयभन्दा बढी र नेपाली कांग्रेसबाट ७ सयभन्दा बढीले जसपामा प्रवेश गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको स्वकीय सचिव किशोर गुरुले जानकारी दिए।

नेकपा र नेपाली कांग्रेसले नारामा मात्रै लोकतन्त्र र गणतन्त्रको कुरा गरेको तर व्यवहारमा लागू गर्न नसकेको भन्दै नेकपा र 
काङग्रेसका करिब २ हजार जनाले पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका हुन ।  
कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, संघीय सांसद उमाशंकर अरगडिया, प्रदेश सांसदहरु सुरिता साह, मनिष सुमन र रामसिश यादवलगायतका सहभागी छन्।

ताजा अपडेट
सम्बन्धित समाचार