काठमाडौ । सोमबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने भएकोले बैठक स्थगित गरिएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।
कांग्रेसले आगामी महाधिवेशनलगायतका विषयमा छलफल गर्न भोलि बैठक बोलाएको थियो । मंगलबार पुनः बैठक बस्नेछ ।