नेपाल पक्षको आज किन भएन रिटको सुनुवाइ ?

9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका चार सांसदले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ आज हुन सकेन। अध्यक्ष केपी ओलीविरुद्धको रिटको पेसी आइतबारलाई तोकिएको भएपनि हेर्न नभ्याइने सर्वोच्च अदालतले जनाएको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार पेसी तोकिएको थियो। तर उक्त इजलासको ३० औँ नम्बरमा पेसी रहेकाले सुनुवाइको हुन नसकेको हो। नेपालसहित चार सांसदले आफूहरुलाई थप कारबाही गर्न लागेको भन्दै वारेसमार्फत बिहीबार रिट निवेदन दर्ता गराएका थिए।

नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूसालले गत बिहीबार रिट दायर गरेका हुन्। यी चारै नेतालाई ओलीले ६ महिनाका लागि निलम्बन गरेका छन्। सांसदबाट समेत निष्काशन गर्न लागिएको भन्दै नेताहरु सर्वोच्च पुगेका हुन्।

निवेदनमा आफूहरुसहित २८ जना संघीय संसदको सदस्यसमेत रहेका नेताहरुमाथि गर्न लागिएको कारबाही रोक्न माग गरिएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार