किन गठबन्धन छाड्दै छ जसपा ?

9.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबिना पनि चुनाव लड्ने अवस्था आउन सक्ने भन्दै त्यसको लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार वीरगञ्जमा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् । 

सत्ता गठबन्धनमा रहेका पाँच दलकै ध्यान मधेस प्रदेशतिर छ । जसपा भने त्यहाँ अरू दललाई प्रवेश दिनै चाहेको छैन । उता मधेस प्रदेशमा एक सिट भए पनि कांग्रेसले जसपाभन्दा बढी सिट लिने अडानमा छ । नेकपा एकीकृत समाजवादी पार्टीले अरू प्रदेशभन्दा मधेस प्रदेशमा आफ्नो संगठन बलियो रहेको दाबी गर्दै उसले पनि सबभन्दा बढी सिटको दाबी गरिरहेको छ । माओवादी केन्द्रको पनि सोही अनुसारको डिमान्ड छ । 

मधेस प्रदेशकै कारण पनि गठबन्धन टुट्न सक्ने अवस्था सृजना भइरहेको गठबन्धनभित्रकै नेताहरू बताउन थालेका छन् । जसपाले देशभरमा प्रतिनिधिसभामा ३० र प्रदेशसभामा ६० सिटको माग गरेको छ । त्यसमा मधेस प्रदेशमा मात्र कम्तीमा प्रतिनिधिसभामा २० र प्रदेशसभामा ३० सिट हुनुपर्ने अडानमा छ ।

ताजा अपडेट
सम्बन्धित समाचार