काठमाडौंः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन तोड्न षड्यन्त्र भएको बताएका छन् । कांग्रेस चितवन जिल्ला समितिले १०९ औं विपी जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै देउवाले गठबन्धन तोडेरे कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको बताएका हुन् ।
उनले पार्टीको फाइदा हुने गरेर सिट बाँटफाँट गरिने भन्दै पार्टीलाई एक बनाउन लाग्न कार्यकर्तालाई आग्रह गरे । सभापति एवम प्रधानमन्त्री देउवाले गठवन्धन कुनै हालतमा नटुट्ने र तोड्नु नहुने भन्दै कसैको भ्रममा नपर्न कार्यकर्तालाई निर्देशन दिदै उनले फाइदाका लागि दबाब दिनसक्ने तर तोड्ने कुरा गर्न नहुनेमा जोड दिए ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी र लोकतन्त्रको हितका लागि गठवन्धन आबश्यक रहेको बताए । खाँणले बिधिको शासन र संबिधानको रक्षाका लागि गठवन्धन अघि बढेको बताउनुभयो । बिपिको प्रजातान्त्रीक समाजबादको सान्दर्भिकता अझै बढेर गएको उनको भनाइ थियो ।