किन स्थगित भयो राष्ट्रियसभा बैठक ? , अर्को बैठक २९ गते बस्ने

8.2k Shares

काठमाडौंः राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

यसअघि शनिबारको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरि स्थगित गरिएको थियो ।

पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।

press.jpg

 

 

ताजा अपडेट
सम्बन्धित समाचार