माओवादीको पदाधिकारी बैठक बस्दै , यी विषयमा छलफल गर्ने

10.6k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए। 

सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बन्दै गइरहेको बेलामा माओवादीले पदाधिकारीहरूके बैठक बोलाएको छ। 

बैठकमा आगामी चुनावी रणनीति, गठबन्धनमा सिट बाँडफाँटबारे भएको प्रगति, संसदमा रहेको विधेयकलगायतका बिषयमा छलफल हुने जनाइएको छ। 

अहिले शीर्ष नेताहरू सिट बाँडफाँटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटिरहेका छन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार