चोलेन्द्रलाई पूर्वन्यायाधीश फोरमले दियो चुनौती

14k Shares

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश फोरमले ध्यानकर्षण भएको जनाएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। 

पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न विज्ञप्तिमार्फत चुनौती दिएका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार