बालेनको नयाँ कदम , काठमाडौंमा असोज १ बाट सार्वजनिक क्षेत्रमा धुमपान निषेध

15.3k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

काठमाडौंः  काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धूमपान निषेध गरेको छ।

बिहीबार सूचना निकालेर महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस प्रकारका पदार्थ सेवन गर्न निषेध गरेको हो।

कानुन, सदाचार र सार्वजनिक हितका दृष्टिले महानगरलाई धूमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउन सूचना जारी भन्दै अटेर गर्नेलाई कारबाही  गर्ने चेतावनी पनि दिइएको छ।

सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा बनाउने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार