महाभियोग सिफारिस समिति बैठक सुरु

8.8k Shares

काठमाडौंः  निलम्बित प्रधानन्यायाधीश चोलेन्‍द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक सुरु भएको छ।

जबराविरुद्ध बयान दिन अधिवक्ताको टोली महाभियोग सिफारिस समितिमा पुगेको हो। निलम्बित प्रधानन्यायाधीश जबराले नाम लिएकामध्ये अधिवक्ताहरु समितिमा बयानका लागि पुगेका हुन् ।  

बयानका क्रममा जबराले कानुन व्यवसायीहरुलाई पनि छलफलका लागि बोलाउन समितिसमक्ष आग्रह गरेका थिए। सोहिअनुसार समितिले कानुन व्यवसायीहरुलाई छलफलका लागि बोलाएको हो ।

नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वमहासचिव लीलामणि पौडेल, वर्तमान अध्यक्ष गोपाल कृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, ओमप्रकाश अर्याललगायत पुगेका छन् ।
 
यस्तै, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, ज्येष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी पनि समितिमा पुगेका छन् ।

समितिले सर्वोच्च अदालतका न्यायाधीश र पूर्वप्रधानन्यायाधीशलाई छलफलमा बोलाएको भएपनि उनीहरुले नजाने घोषणा गरिसकेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार