डाक्टर भट्टराईले दिए बालेनलाई कडा सुझाव, के गलार्न बालेन ?

14.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ

काठमाडौंः नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन साहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन्।

साहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै डाक्टर भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न आग्रह गरेका हुन्।

‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहका पहल प्रशंसनीय छन्,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। ‘अतः निश्चित ठाउँ–समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ।’

ताजा अपडेट
सम्बन्धित समाचार