सकियो एमालेको संसदीय दलको अन्तिम बैठक , चुनावमा बहुमत ल्याउन ओलीको निर्देशन

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि १ असोजको मध्य रातदेखि संसदको कार्याकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।

संकटका बेला पार्टी साथ दिएको भन्दै उनले अगाडि भनेका छन्, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउजे प्रपञ्च गर्‍यो । तर हाम्रोलागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी सांसदमा आउँदैनौं ।’

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन दिएका छन् । ओलीले भनेका छन्, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पुर्‍याउन लाग्नुस् ।’

ताजा अपडेट
सम्बन्धित समाचार