जबरा सर्वोच्च फकिर्दै, के भयो महाअभियोगको निष्कर्ष ?

10.8k Shares

काठमाडौंः महाअभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू काममा फर्किने भन्दै सवोच्च प्रशासनलाई जानकारी गराएका छन् ।

जबराले शनिबार नै सर्वोच्च प्रशासनलाई फोन गरेर आइतबारबाट नियमित काममा आउने जानकारी दिएका हुन् । जबराको फोनबारे सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीश दीपक कार्की र बार नेतृत्वलाई अवगत गराइसकेको बताइएको छ ।

आफूमाथि छानबिन गरिरहेको संसदको आयु नै गएरातिदेखि सकिएको हुँदा आफ्नो मुद्धा स्वतस् निश्क्रिय हुने जबराको तर्क छ । तर उनको तर्कमा विमत्ति राख्दै सरकारले जबरालाई जसरी रोक्ने जनाएको छ ।

जबराको निलम्बन फुकुवा नभएको भन्दै वकिल र सर्वोच्चका केही न्यायाधीशले पनि गेटमै छेक्ने तयारी गरिरहेका छन् ।गत फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले राणाविरुद्ध महाभियोग दर्ता गरेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार