को - को परे त चुनाव खर्च नबुझाउने मेयर/ उपमेयर ?

15.9k Shares
यो पनि

काठमाडौंः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको छ । 

आयोगले सार्वजनिक गरेको खर्च विवरण नुबझाउनेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहित रहेका छन् । 

यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेश मानसिंह, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पोखराका मेयर धनराज आचार्यसमेत रहेका छन् । उनीहरुले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्नेछ । जरिवाना नतिरेको खण्डमा पद नै जाने कानुनी व्यवस्था रहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार