सर्वोच्च परिसरमा किन सुरक्षा व्यवस्था कडा गरियो ?

11.3k Shares

काठमाडौ:  सर्वोच्च अदालतमा आज पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सर्वोच्च अदालत बाहिर आज विभिन्न समुहले प्रदर्शन गर्ने सूचनाको आधारमा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।


यसअघि आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च फर्किने बताए पछि सुरक्षा सतर्कता बढाइएको थियो । 

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले चोलेन्द्रमाथि महाभियोग लगाउन ९ बुँदे आधारसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो ।

चोलेन्द्रले संसदको कार्यकाल सकिएसँगै महाभियोग प्रस्ताव निस्क्रिय भएको भदै सर्वोच्च फर्किने प्रयास गरिरहेका छन् ।आइतबार चोलेन्द्र सर्वोच्च फर्किने प्रयास गरेपछि सरकारले पनि उनको सुरक्षामा कटौती समेत गरिसकेको छ ।
 
यसैबीच महाभियोग लगाउने दलहरु, सर्वोच्चका न्यायाधीश, नेपाल बार र सर्वोच्च अदालत बारले भने प्रक्रिया पुरा नभएको र चोलेन्द्र निलम्बित अवस्थामा नै रहेकोले उनी फेरी सर्वोच्चमा फर्किन नमिल्ने ब्याख्या गर्दै आएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार