नेपालमा कम्युनिष्ट पार्टी फेरि पुर्नगठित भएर आउने प्रचण्डको छ यस्तो दावी

12.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट पार्टी फेरि पुर्नगठित भएर आउने दावी गरेका छन्। हिमालयन टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी फेरि शक्तिशाली भएर आउने बताएका हुन्। नेपालमा कम्युनिष्ट आन्दोलन कहिल्यै नसिद्धिने उनले बताए।

प्रचण्डले केही प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाए। देशमा स्थायीत्व, समाजिक प्रगति र समृद्धिको लागि कम्युनिष्ट एकता आवश्यक रहेको भन्दै केपी ओलीसँग पार्टी एकता गर्न आफै प्रस्तावक भएर गठबन्धन र पार्टी एकताको प्रस्ताव लिएर गएको बताए।

प्रचण्डले भने, ‘अहिले पार्टी विभाजन भयो विभिन्न कारणले तर मलाई कुनै पश्चाताप छैन, मलाई गर्व छ मैले राष्ट्रको पक्षमा, आन्दोलनको पक्षमा, शान्ति र समृद्धिको पक्षमा, एकचोटी फेरि ठूलो कदम चालेको हो पार्टी एकताका लागि भन्नेमा गर्व छ अहिले पनि।’

प्रतिक्रियावादी र अवसरवादीहरुलाई पार्टी एकता मन परेको थिएन, प्रचण्डले भने।

ताजा अपडेट
सम्बन्धित समाचार