जसपाले दियो राष्ट्रपतिलाई कडा चुनौति , के होला अब राष्ट्रपतिको ?

18.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौंः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु  संविधानको ठाडो उल्लघंन भएको बताएका छन्।

प्रतिनिधि सभा र राष्ट्र सभाबाट दुई दुई पटक पारित भएर राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन  र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनले बुझाइ छ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संसदको दुबै सदनबाट दुईर दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्टपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार हो।’ 

राष्ट्रपतिको निर्णयलाई लिएर सत्तारुढ दलहरु विरोधमा उत्रिएका छन्। यसै विषयमा थप छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ। 

ताजा अपडेट
सम्बन्धित समाचार