वैद्य, विप्लव लगायतका चारदलले सार्वजनिक गरे चुनाव बहिस्कार गर्ने चरणबद्ध कार्यक्रम

11.4k Shares

काठमाडौँ: आसन्‍न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंगुलगायतका रोगब्याधी झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरूले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। 

असोज २३ गते चितवन, असोज २५ गते जनकपुर, असोज ३१ गते विराटनगर, कात्तिक २ गते पोखरामा संघर्षका कार्यक्रम तय गरेको छ। यस्तै, कात्तिक ४ गते बुटवल, कात्तिक १७ गते सुर्खेत, कात्तिक १९ गते धनगढी, कात्तिक २३ गते काठमाडौँ आन्दोलनका कार्यक्रम रहेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार