काठमाडौंः नेपाली कांग्रेसको संस्थापनइतर समूहले समानुपापितकतर्फका उम्मेदवार छनोटमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै चर्को विरोध गरेपछि यसबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलनको अयोजना गर्ने भएको छ ।
पार्टीमा आएका विवादले आगामी निर्वाचनलाईसमेत प्रभावित बनाउने अवस्था आएपछि संस्थापन पक्षले पत्रकार सम्मेलन गर्न लगेको हो । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा आयोजना गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पार्टी प्रवक्ता डा. प्रकाशरण महतले गर्ने पत्रकार सम्मेलनमा शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेको छलफल, निर्वाचन तयारी लगायत विषयमा केन्द्रित रहने बताइएको छ । नेपाली कांग्रेस संस्थापनइतरका नेताहरूले सभापति शेरबहादुर देउवामाथि निरन्तर दवाव बढाइरहेका छन् ।
निर्वाचन आयोगमा समानपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउँदा कोइराला समूहलाई १० प्रतिशत पनि सीट नदिएपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । कोइराला समूले राखेका मागका सम्बन्धमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो ।