चार सांसद निष्काशन गर्ने पार्टी निर्णयविरुद्ध अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

16.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोग पुगेका छन् । 

अध्यक्ष ठाकुर २०७७ पुस ७ गतेपछि जसपाको कार्यकारिणी समिरिको बैठक नै नबसेको र बैठक बोलाउने कुनै सुचना नै प्रकाशित नभएकाले सांसदलाई पदमुक्त गर्ने भनिएको उक्त निर्णय अवैधानिक रहेको भन्दै आयोग पुगेका हुन् । 

पार्टीको बैठक नै नबसेर लुम्बिनी प्रदेशसभा सचिवालयले जसपा सांसदलाई पदमुक्त गरेको निर्णय प्रथम दृष्टिमै अवैध र गैरकानुनी रहेको उनको जिकिर छ । भने, त्यो पत्रलाई आधार मानेर निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडी नबढाउन अनुरोध समेत गरिएको छ । 

लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका प्रदेसशभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे जनता समाजवादी पार्टीबाट दलबाट निष्कासन गरेको पत्र आइपुगेको भनी बिहीबार लुम्बिनी प्रदेश सरकारले सूचना जारी गरेको थियो ।

प्रदेशसभा सचिवालयले निकालेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।

rajapa-bigyapti.jpg

ताजा अपडेट
सम्बन्धित समाचार