किन स्थगित भयो बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक?

12.3k Shares

काठमाडौंः दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । 

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेकी आमा मनमाया पाण्डेको बिहीबार बिहान निधन भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

'आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरिएको थियो । मुख्यमन्त्रीज्यूको आमा बिहान ४ बजे स्वर्गीय हुनुभयो । मुख्यमन्त्रीज्यू शोकमा पर्नुभएकाले बैठक स्थगित गरेका हौँ । संभवत अब दसैंपछि मात्रै बैठक बस्छौं,' मन्त्री खनालले भने । 

त्यस्तै आजै दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गर्न लागेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि स्थगित भएको मुख्यमन्त्रीका नीजि सचिव अच्युत लामिछानेले जानकारी दिए । 

ताजा अपडेट
सम्बन्धित समाचार