काठमाडौंः नेकपा एमालेका नेता भीम रावलले पाँच वर्षमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका गलत कामको फेहरिस्त प्रस्तुत गरेका छन्।
आगामी चुनावका लागि टिकट नपाएको विषयमा आफ्नो धारणा राख्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा लिखित वक्तव्य वाचन गर्दै रावलले २०७५ सालयता अध्यक्ष ओलीबाट भएका गलत कामको फेहरिस्त प्रस्तुत गरेका हुन्।
तत्कालीन नेकपामा छँदा स्थायी कमिटीलाई छलेर प्रधानमन्त्री पदमा प्रचण्डसँग आधा-आधा कार्यकालको गोप्य सम्झौता गरी ओलीले अनुशासन, पद्दति र विधिको उल्लघंन गरेको रावलको ठहर छ।
उनले अब पार्टी नछाड्ने र पार्टीभित्रै रहेर विधि पद्दति र न्यायका निम्ति लड्ने बताएका छन्।