शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

9.7k Shares

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको पारिवारि स्रोतले बनताएको छ । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सत्यमोहन जोशी (जन्म वि. सं. १९७७ बैशाख ३०) नेपालका संस्कृतिविद् हुन् । उनले वि. सं. २०१३, वि. सं. २०१७ र वि. सं. २०२८ मा मदन पुरस्कार पाएका छन्। उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन्।

ताजा अपडेट
सम्बन्धित समाचार