निर्वाचन आयोगले मन्त्री मेटमणि चौधरीलाई साेध्याे २४ घण्टे स्पष्टीकरण

8.8k Shares

शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले स्पष्टीकरण सोधेको हो।

शनिबार मन्त्री चौधरीले दाङमा गएर बाढीपीडितलाई १३ लाख रुपैयाँ बराबरको चामल वितरण गरेका थिए । उनले राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल वितरण गरेका थिए ।  

आयोगले आइतबार उक्त कार्य आचारसंहिता बिपरित भएको ठहरसहित २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार