नेपाली कांग्रेसले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ । आइतबार मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी गर्दै शताब्दी पुरुष संस्कृतिविद् जोशीको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘शताब्दी पुरुष १०३ वर्षीय सत्यमोहन जोशीको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा आज भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘स्वर्गीय जोशी संस्कृतिविद, लेखक र कुशल अनुसन्धानकर्ता हुनुहुन्थ्यो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा उहाँले महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।’
साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुरयाए वापत तीनपटक सम्म मदन पुरस्कार पाउने जोशी नेपालको एक मात्र व्यक्ति हुन् ।
जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामाग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील रहेका थिए ।