राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा घर खरिद गरेको विषयले अहिले निकै चर्चा पाएको छ। पुजापाठ गरेर रवि नयाँ घरमा सरेका छन्। पुजा पाठसहित घर प्रवेश गरेको फोटो रवि पत्नि निकिता पौडेलले सामाजिक सञ्जाल फेसवुकमा शेयर गरेकी छिन्। फोटो शेयर गर्दै उनले लेखेकी छिन्–‘कठिन बाटोहरूले अक्सर सुन्दर गन्तव्यहरूमा पुर्याउँछ, उत्तम अझै आउन बाँकी छ। हाम्रो दोस्रो घर चितवन।’ रवि नयाँ घर सरेको चर्चा वाहिरिएपछि धेरैले उनलाई शुभकामना दिएका छन्। तर कतिपयले भने प्रधामन्त्री पत्नि आरजु राणाको पदचाप भन्दै आलोचना गरेका छन् भने कतिपयले यत्रो घर खरिद गर्ने पैसा कहाँबाट आयो भन्दै प्रश्न गरेका छन्। शिसम शर्मा नामका फेसवुक प्रयोगकर्ताले ‘घर पनि जता गयो उतै किन्न सक्ने पत्रकारिता कै अकुत पैसा होला कि कहाँ बाट आयो?’ भन्दै प्रश्न गरेका छन् भने शरोज काफ्लेले ‘हिजो रविले अहिले घर किन्ने पैसा छैन चितवनमा भाडामा बस्ने हो भन्ने कुरो चौबीस घण्टा नहुँदै दोस्रो घर चितवनमा कसरि भयो, फटाई धेरै समय टिक्दैन विचार गर्नुस !’ भन्दै टिप्पणी गरेका छन्। कतिपयले धर्मका आडम्वरीले अन्धशुक्रमा पुजापाठ गरेको भन्दै खिल्ली उडाएका छन्। पुरुशोत्तम सेढाईले ‘शुभकामना ! तर शुक्र अस्तमा जे पायो तेहि गर्नि र गराउनी धर्मका भेषधारी पाखण्डीहरुबाट पनि आफुलाई बाचाएर सामाजिक सञ्जालमा पोस्ट हाल्नु भयो भनि अझ उचित हुने थियो रवि लामिछानेजी’ भन्दै सुझाव दिएका छन्। कतिपयले भने यो घर मासिक ५० हजारमा भाडामा लिएको बताएका छन्। तर निकिताले ‘हाम्रो दोस्रो घर’ भन्दै फेसवुकमा लेखेको र उनका आफन्तको भनाईका आधारमा घर खरिद गरेकै हो भन्ने धेरैको अनुमान छ। ५ वर्षअघि कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवा माथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा नयाँ घरै खरिद गरेकी थिईन । उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेर आफु स्थानीय भएको प्रमाणित गर्न खोजपनि चुनावमा पराजय भोगेकी थिईन। काठमाण्डौंका स्थायी बासिन्दा लामिछानेले पनि पर्यटक उम्मेदवारको आरोपबाट बच्न हतार–हतार घर किनेको स्थानीयको बुझाई छ।