प्रकाशमान सिंहद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

11.5k Shares
सम्बन्धित पार्टी

काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता सिंहले नेपालको राजनीतिमा काठमाडौं १ ले प्रत्यक्ष र परोक्ष महत्त्व राख्ने गरेको बताउँदै यहाँका मतदाता सचेत र जागरुग रहेको बताए । 

'काठमाडौ १ मा हामी निर्वाचित भएपछि नेपालको शिक्षा नीति परिवर्तन गरेर शिक्षा सँगसँगै प्रविधिबारे तालिम दिएर उच्च शिक्षा सँगसँगै रोजगार बन्ने अबस्था बनाउनेछाैँ,' प्रतिवद्धतापत्रमा भनिएको छ, 'हामी काठमाडौका सामुदायिक विधालयको गुणस्तर  निजी विधालय बराबर बनाउने प्रयत्न गर्नेछौ। स्वास्थमा अस्पताल नै जान नपर्ने गरेर महानगरसँग मिलेर हरेक वडा कार्यालयमा ल्याव र डाक्टर सहितको क्लिनिक राख्नेछौँ तर, त्यसका लागि हामीलाई म्यान्डेट दिनुपर्यो।'

बेरोजगारलाई रोजगार बनाउन धेरै आयाम हेर्नुपर्छ, यसका लागि आवश्यक अर्थसँग सम्बन्धित कानुन संसोधन गर्न पहल गर्नेछौ,'प्रतिवद्धतापत्रमा लेखिएकाे छ, 'छाता ऐनहरु बनाउन र खानेपानी समस्या समाधान गर्न मेलम्चीको विकल्प आवश्यक छ। त्यसका लागि गोकर्णेश्वर ड्याम तयार भएको छ। यसबाहेक नागमति ड्याम बनाउने योजना अघि बढेको छ, यसलाई पूरा गर्नेछौ। यश क्षेत्रमा राष्ट्रिय राजनीति विचारले चल्ने हो ।केन्द्रको प्रभाव र क्षेत्रमा विकासको नारासाथ हामी मैदानमा छौँ हामीलाई म्यान्डेट दिनुहोस् ।

कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियोे ।

ताजा अपडेट
सम्बन्धित समाचार