काठमाडौं । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका डा. कलबहादुर रोकायाले उम्मेदवार फिर्ता लिएका छन्।
नेकपा माओवादी केन्द्रले टिकट नदिएको भन्दै रोकायाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनले पार्टीभित्रको त्याग तपस्या, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बारम्बार आग्रह र पार्टी प्रदेश कमिटीको उम्मेदवारी फिर्ता लिन लिखत पत्राचार भएकोले उम्मेदवारी फिर्ता लिएको बताए ।