निर्वाचन आयोगले प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता जारी भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको सूचना आएको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले निर्वाचनको मिति र आचारसंहिता जारी भएपछि दीर्घकालीन प्रकृतिका निर्णय र अन्य नीतिगत निर्णय नगर्न सुचना जारी गरिसकेको थियो ।