काठमाडौं : बुधबार अपरान्ह गएको भूकम्प ५.९ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार दिउँसो ३ बजेर ७ मिनेटमा चीनको तिब्बत केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको र त्यसैको धक्का नेपालमा पनि महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।
नेपाल–चीन सिमा सिन्धुपाल्चोक नजिक केन्द्रबिन्दु भएकाले नेपालमा पनि भूकम्पको धक्का महशुस भएको अधिकारीले बताए।
भूकम्पको धक्का सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका आसपासका जिल्ला धादिङ, नुवाकोट, काभ्रे, चितवनलगायतका स्थानमा पनि महशुस भएको थियो।