को को भए देउवा–ओली–प्रचण्डको चुनावी कमाण्डर ?

14.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौंः ४ मंसिरको प्रतिनिधिसभा चुनावका लागि दल र उम्मेदवारहरु हाल प्रचार प्रसारमा छन् । दल र उम्मेदवारले आआफ्नो निर्वाचन क्षेत्रको प्रचार प्रसारलाई प्रभावकारी बनाउन चुनाव परिचालन समिति पनि बनाउने गरेका छन् ।

प्रमुख दलका शीर्ष नेताले आफ्नो चुनाव क्षेत्रबाहेक अन्यत्र पनि समय दिनुपर्ने भएकाले उनीहरुले आफ्नो विश्वास पात्रको नेतृत्वमा चुनाव परिचालन समिति बनाएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रको प्रचार प्रसारको कमाण्ड सम्हाल्ने जिम्मेवारी कांग्रेसका डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउदले पाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएको झापा–५ को चुनाव प्रचार प्रसारको नेतृत्व राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सम्हालेका छन् । त्यसैगरी गोरखा–२ बाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रचार प्रसारको ‘कमाण्डर’ माओवादीका पोलिट्ब्यूरो सदस्य हरिराज अधिकारी तोकिएका छन् ।

यसै पनि चुनाव प्रचार प्रसारमा कम समय दिने देउवा हाल प्रधानमन्त्री समेत रहेकाले निर्वाचन क्षेत्रमा धेरै जान नसक्ने कांग्रेसका नेताहरु बताउँछन् । त्यसैले देउवाको चुनाव प्रचार प्रसार र सत्तारुढ गठबन्धनको चुनावी सभा तय गर्न साउद नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको कांग्रेसको भनाइ छ ।

ओलीले आफ्नो क्षेत्रको चुनाव प्रचार प्रसारको मुख्य जिम्मेवारी एमाले नेता देवेन्द्र दाहाललाई तोकेका छन् । ओलीको क्षेत्रको निर्वाचन परिचालन मूल समितिका संयोजक दाहाल छन् । संघ, प्रदेश र पालिका स्तरमा चुनावी प्रचार समिति गठन गरिसकिएको दाहालले जानकारी दिए । कार्यकर्तासँग अन्तर्क्रिया गर्ने गरी प्रदेश सभाका उम्मेदवारले कार्यक्रम गरिसकेका छन् । पार्टी अध्यक्ष ओलीको उपस्थितिमा झापा ५ मा बुधबार बृहत कार्यकर्ता भेला राखिएको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार