जनता समाजवादी पार्टी (जसपा)ले बागी उम्मेदवारलाई निष्काशन गरेको छ ।
पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएकालाई पार्टी साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको केन्द्रीय कार्यालयले जनाएकाे हाे ।
जसपाले पार्टी आधिकारी उम्मेदवार बाहेक अरुको प्रचार प्रसारमा नलाग्न समेत निर्देशन दिएको छ ।