काठमाडौंः आमाबुवा दुवै गुमाएका बालबालिका तथा युवायुवतीलाई काठमाडौँ महानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा पोषणको व्यवस्था गर्ने भएको छ । महानगरभित्र स्थायी बसोबास गर्ने बालबालिकाहरू तथा अभिभावकको मृत्यु भइ अरुको संरक्षणमा रहेकालाई शिक्षा, स्वास्थ्य तथा पोषणको मासिकवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको महानगरको सामाजिक विभागले जनाएको छ ।
महानगरले जारी गरेको सूचनामा उल्लेख छ,’ महानगरपालिकामा बसोबास गर्ने बाबु-आमाविहिन बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसोबास गर्ने वडा कार्यालयमा आवश्यक कागजातसहित ३० दिन भित्रमा सम्पर्क गर्नुपर्ने छ ।‘
महानगरबाट सेवासुविधा प्राप्त गर्न के-के कागजात आवश्यक पर्छ ?
(जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ) नागरिकता प्राप्त गरेको भएमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि०
(आमा र बाबु दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि वा बाबु वा आमा दुवै बेपत्ता भएको वा दुबैको संरक्षण र रेखदेखबाट बञ्चितीकरणमा परेको प्रमाणित कागजात हुनुपर्नेछ ।
( विद्यालय भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र ९५ वर्ष पुगेका विद्यार्थीको हकमा)
(संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।