नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले संसदमा जान छाड्नु पर्ने बताएका छन् । शुक्रबार छोरी मानुषी यमीलाई भोट माग्न पुगेका भट्टराईले यस्तो बताएका हुन् ।
संघीय संसदमा निर्वाचन नलडेका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले काठमाडौं-७ बाट निर्वाचन लडिरहेकी छोरीलाई भोट माग्दै पूर्वप्रधानमन्त्रीहरूले पनि संसदमा जान छाडेर युवा पुस्तालाई नेतृत्व हस्तान्तण गर्नु पर्ने धारणा राखे ।
‘पदमा बसेर मात्रै मान्छे महान हुँदैन भन्ने गणेशमानजीको त्यागले देखाइसकेको छ, अब हाम्रो पुस्ता लोभलालचले बस्नु हुँदैन,’ भट्टराईले भने, ‘हामी चर-पाँचजना पूर्वप्रधानमन्त्री भइसकेको मान्छे संसदमा लर्को लागेर जान हुन्न, स्थिर सरकार दिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।’