आयोगले ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने

8.9k Shares

निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिकमा अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको हाे ।

आयोगले उम्मेवारको अन्तिम बन्दसूची प्रमाणित गरी सम्बन्धित दललाई बुझाउने छ ।

ताजा अपडेट
सम्बन्धित समाचार