सत्ता गठबन्धन सत्तास्वार्थका लागि देश बेच्न पनि तयार हुन्छः एमाले अध्यक्ष ओली

9.8k Shares
सम्बन्धित पार्टी

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंश–अंशमा बेच्ने बताएका छन्  । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

 ‘सत्ता गठबन्नधन सत्तास्वार्थका लागि देश बेच्न पनि तयार हुन्छ । सिंगै देश तरकारी फलफुल जसरी बजारमा तौलिएर बेच्न त नसक्लान् तर यिनीहरूले अंश–अंशमा बेच्छन्, ओलीले भने, ‘त्यसैले देशलाई बेचिनबाट जोगाउन हरेक नेपाली सजग र सकृय हुन जरुरी छ ।’ 

कार्यक्रममा उनले सरकारले देशमा महंगी, भ्रष्ट्रचार बढाएको आरोप पनि लगाए । उनले कामचलाउ हैसितयमा पुगिसकेपछि पनि अध्यादेशमार्फत कानुन ल्याएर तनाव बढाउने, चुनावमा धाँदली गर्नेतर्फ यो सरकारको ध्यान केन्द्रित रहेको बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार